सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा

११ फाल्गुन २०८१, आईतवार ११:३८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो ११९औं शाखा कार्यालय ललितपुरको हरिसिद्धीमा खोलेको छ। यससँगै बैंकको काठमाडौं उपत्यकामा ४० वटा र बाग्मती प्रदेशमा ५६ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन्।

हरिसिद्धीमा आज आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रलाई सम्बोधन गर्दै उनले ग्राहकलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउँदै विश्वास र समर्थन जितेर यहाँसम्म आइपुग्न सफल भएको बताए। साथै हरिसिद्धी वरपरका ग्राहकहरू माझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई शुभकामना समेत दिए।

उद्घाटन समारोहमा बैंक संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन समूह, स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो समेत उपस्थिति रहेको थियो ।

यस शाखा मार्फत् ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ।

नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ। डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ। साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*