उतार–चढावबीच बढ्यो बजारः बिक्री चाप बढ्दा कारोबारमा रौनक, घट्ने यस्ता छन् संकेत!

११ फाल्गुन २०८१, आईतवार १५:०८

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेसँगै आज नेपाली पुँजी बजारमा दिनभर उतार चढाव देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा बिक्री गर्नेहरु हाबि भएको देखिएको हो ।

ग्रे लिस्टमा पर्दा यसको असर शेयर बजारमा प्रत्यक्ष परेको देखिएको छ । यता, राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक समिक्षामा समेत ठुला नीतिगत परिवर्तन नआउने संकेत भइरहेको छ । ग्रे लिस्टमा परेकै कारण केहि पोलिसि समेत केन्द्रिय बैंकले कस्ने देखिन्छ । जसले गर्दा लगानीकर्ता नाफा बुक गरी रहेका छन् । हाल सेयर धितो कर्जाको जोखिमभार बढी रहेको छ । व्यक्तिगत लगानीकर्ताका लागि १५ करोडको कर्जाको सीमितता हटाइनुपर्ने माग उठिरहेको छ । तर, ग्रे लिस्टमा परेकै कारण सो माग पुरा नहुने देखिएको छ । यो निर्णयले लगानी वातावरणमा केही असर पार्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अकंले बढेर २७५५.४० बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार ७ समूहमा हरियाली आएको छ । यसदिन बैैंकिङ समूहको ०.०३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.३३ प्रतिशत, जीवन बीमा समूहको ०.८६ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१३ प्रतिशतको शेयर मूल्य बढेको छ।

आज ९१ कम्पनीको मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*