नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
११ फाल्गुन २०८१, आईतवार १७:२४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश शेयर सूचीकृत भएको हो ।
डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनश शेयर वापत १६ लाख २० हजार ८८७.१३३६ कित्ता शेयर र हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनश शेयर वापत ४० लाख ८ हजार ७८४.९७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
अब भोलिदेखि उक्त शेयर दोस्रो बजारमा कारोबार आउनेछ ।












