कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता शेयर बिक्रीमा
१२ फाल्गुन २०८१, सोमबार ०६:२१

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।
उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। साथै तोकिएको समयसीमा भित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने जनाएको छ।












