एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा

१२ फाल्गुन २०८१, सोमबार ०७:३०

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ८ गते शुक्रबार सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीस्थित गोर्खा होटलमा बिहान ९ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा शेयर संरचना परिमार्जन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा प्रायेजनार्थ कम्पनीले फागुन २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागनु २७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*