ओम मेगाश्री फर्मास्यूटिकल्सको पहिलो चरणको आईपीओ बाँडफाँड
१२ फाल्गुन २०८१, सोमबार ०८:०९

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ देखि फागनु ५ गतेसम्म बिक्री खुला गरेको पहिलो चरणको आईपीओ हिजो फागुन ११ गते बाँडफाँड गरेको छ।
बिक्री अवधिभर जम्मा ४८ हजार ३१२ जनाले रितपूर्वक आवेदन दिएकोमा सोमध्येबाट १८ हजार जनालाई १०–१० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
यस कम्पनीले जम्मा १८ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँड भएको छ। त्यस्तै ९० हजार कित्ता सामूहिक लगानी कोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको सबै शेयर अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।












