हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?
१२ फाल्गुन २०८१, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसुचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा कायम भएको छ। यस दिन जम्मा ११ अर्ब ८ करोड रुपैयाँबढीको कारोबार भएको छ।
जसमध्ये हिमालयन रिको ८९ करोड रुपैयाँबढीको कारोबार भएको छ। दोस्रोमा नेपाल रिको ८० करोड ६७ लाख रुपैयाँबढीको कारोबार भएको छ।
एनआरएनको ४४ करोड ९४ लाख, घलेम्दी हाइड्रोको ३८ करोड ९७ लाख रुपैयाँबढीको कारोबार भएको छ।













