नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १ अर्ब २५ करोड रुपैयाँको आवेदन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आइतबारदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा एक अर्बबढी रुपैयाँको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरीङका अनुसार आईपीओमा आज साझ ५ः६ बजेसम्म नौ लाख ६५ हजार २२१ जनाले एक करोड २५ लाख ९६ हजार कित्ता बराबर एक अर्ब २५ करोड ९६ लाख रुपैयाँको आवेदन दिएका छन् ।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ।












