ब्याजदर कोरिडोर यथावत

१३ फाल्गुन २०८१, मंगलवार १९:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ६।५ प्रतिशतलाई निरन्तरता दिएको छ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनिङ १।१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरेको छ।

यस व्यवस्थाले बैंक वित्तीय संस्थाहरूको नाफा बढाउन मद्धत गर्नेछ भने खराब कर्जामा सहजता प्रदान गर्नेछ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि राष्ट्र बैंकले असल कर्जा प्रोभिजनिङ व्यवस्था घटाएको थियो।

यसबाहेक राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ६।५ प्रतिशतलाई निरन्तरता दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*