नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश

१४ फाल्गुन २०८१, बुधबार १६:४१

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले स्थापनाको ३९औँ वर्ष पूरा गरेको छ। यो अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, सञ्चार क्षेत्र र शुभेच्छुकहरूलाई धन्यवाद प्रकट गरेको छ। बैंकले समृद्धिको यात्रामा अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।

बैंकको यात्रा १९८६ मा सुरु भएको हो। सुरुमा नेपाल इन्डोसुज बैंक लिमिटेडको रूपमा स्थापित यो बैंक नेपाल र फ्रान्सेली साझेदारको संयुक्त लगानीमा सञ्चालनमा आएको थियो। बैंकको ५० प्रतिशत स्वामित्व फ्रान्सको क्रेडिट एग्रिकोले इन्डोसुजले राखेको थियो। २००२ मा नेपाली लगानीकर्ताहरूले फ्रान्सेली साझेदारको ५० प्रतिशत स्वामित्व खरिद गरेपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड राखियो। ३६ वर्षसम्म सफलतापूर्वक सञ्चालन भएपछि नेपाल राष्ट्र बैंकको एकीकरण नीतिअनुसार १० जुन २०२२ मा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच गाभ्ने सहमति भएको थियो।

मेगा बैंक नेपाल लिमिटेडले २३ जुलाई २०१० देखि औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरेको थियो। बैंकले १२ वर्षको सफल यात्रापछि नेपाल इन्भेस्टमेन्ट बैंकसँग गाभिने निर्णय लिएको थियो। मेगा बैंकको चुक्तापुँजी १६.१२ अर्ब रुपैयाँ थियो। ११ जनवरी २०२३ बाट दुवै बैंक एकीकृत भई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड को नामबाट संयुक्त रूपमा कारोबार सुरु गरेका छन्।

गाभिएपछि बैंकले अझ विस्तारित सेवा दायरा निर्माण गर्दै नेपालका वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ। बैंकले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको लक्ष्य नेपालकै उत्कृष्ट बैंक बन्नु हो। बैंकले प्रविधि, नवीनतम व्यवस्थापन प्रणाली, तथा दक्ष कर्मचारीको संयोजनद्वारा ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्न प्रतिबद्धता जनाएको छ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ। ३९औं वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौं संस्करण डिजिटल बैंकिङको जादु नामक चित्र पुस्तक सार्वजनिक गरेको छ। उक्त चित्रकथाको एउटा महत्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरुलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गर्न प्रेरित गराउनु रहेको छ ।

३९औं वार्षिकोत्सवमा बैंकले ग्राहकवर्गहरु माझ नयाँ बचत खाता ’नव आयाम बचत खाता’ ल्याएको छ। यो खाता ग्राहकले ३९ रुपैयाँ मौज्दात मै खोल्न सक्नेछन्। यसमा ३९ रुपैयाँमा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रुपैयाँमै भर्चुअल प्रिपेड कार्ड सुविधा, ३९ रुपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रुपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९% छुट पाउनु हुनेछ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल देशभर २८३ शाखा रहेको छ। यस्तै, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउण्टरबाट बैंकले सेवा प्रदान गरिरहेको छ।

मुख्य उद्देश्यहरू:

-ग्राहक केन्द्रित सेवा प्रवर्द्धन गर्दै सहजता र सन्तुष्टि प्रदान गर्ने।

-शिस्तबद्ध वृद्धिको रणनीति अनुसरण गर्दै बजार हिस्सा वृद्धि गर्ने।

-प्रविधिमैत्री बैंकिङ प्रणालीलाई मजबुत बनाउँदै सुलभ सेवा प्रदान गर्ने।

-नवीनतम बैंकिङ उत्पादन तथा सेवाहरू विकास गर्ने।

-गुणस्तरीय सम्पत्ति व्यवस्थापन गर्दै दीर्घकालीन वित्तीय स्थायित्व कायम गर्ने।

-नयाँ बजार तथा लगानी अवसरहरू अन्वेषण गर्दै निरन्तर वृद्धि गर्ने।

बैंकका मुल्य र मान्यता

-नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ग्राहकको विश्वास जित्न निम्न मूल्य तथा मान्यताहरूलाई प्राथमिकता दिएको छस्

-ग्राहक केन्द्रिततास् ग्राहक सेवा नै पहिलो प्राथमिकता।

-गुणस्तर उच्चस्तरीय सेवा अनुभव प्रदान गर्न प्रतिबद्ध।

-इमानदारी र नैतिकतास् पारदर्शिता, विश्वास र सम्मानका साथ कारोबार।

-कर्मचारीप्रति आस्थास् दक्ष कर्मचारी बैंकको सबैभन्दा ठूलो सम्पत्ति।

-टिम वर्कस् समर्पित टोलीबाट उत्कृष्ट परिणाम निकाल्ने संस्कृति।

-सुशासनस् सार्वजनिक विश्वास कायम राख्न प्रभावकारी नीति अवलम्बन।

-सामाजिक उत्तरदायित्वस् वातावरण तथा समाजलाई योगदान दिने प्रतिबद्धता।

बैंकले हालका वर्षहरूमा वित्तीय रूपले सुदृढ अवस्था कायम राख्न सफल भएको छ। गाभिएपछि बैंकको सेवा सञ्जाल अझै फराकिलो बनेको छ। बैंकले नयाँ प्रविधिको प्रयोग गर्दै डिजिटल बैंकिङ सेवाहरू थप प्रभावकारी बनाउने योजना बनाएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आगामी दिनमा ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै नवीनतम सेवाहरू ल्याउने र समृद्ध नेपालको वित्तीय यात्रामा सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*