नेपाल वित्तीय संस्था कर्मचारीका अधिकारको संरक्षणका लागि बैंकर्स एसोसिएसनसँग छलफल
१५ फाल्गुन २०८१, बिहीबार १४:३६

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासबाट श्रम ऐन बैंक तथा वित्तीय संस्थामा लागू नहुने भन्ने फैसलापछि नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालासँग छलफल गरेको छ। बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूको पेशागत हकअधिकार र ट्रेड युनियन अधिकारको संरक्षणका लागि अध्यक्ष कोइरालासँग छलफल गरेको हो ।
२०८१ फागुन २ गतेको सर्वोच्च अदालतको फैसलाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको श्रम अधिकारको भविष्यमा अनिश्चितता सिर्जना गरेको छ। यस सन्दर्भमा, कर्मचारीहरूको सम्मानजनक जीवनयापनको सुनिश्चितता, पेशागत हकअधिकारको प्रवर्द्धन र सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गर्नका लागि कोइरालासँग विस्तृत छलफल गरिएको हो।












