नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा साढे २ अर्ब रुपैयाँ संकलन, १३.२७ गुणा आवेदन

१५ फाल्गुन २०८१, बिहीबार १८:०३

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । आज अर्थात् फागुन १५ गते अन्तिम दिन साँझ ५ः०७ बजेसम्ममा १९ लाख ९७७ जनाले २ अर्ब ४४ करोड ८३ लाख २२ हजार कित्ताका लागि आवेदन दिएका हुन् । जुन आवेदन मागभन्दा १३.२७ गुणा बढी हो ।

कम्पनीले फागुन ११ गतेदेखि आजसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको थियो। यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी डबल बि माइनस रेटिङ’ प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*