ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता शेयरको लकइन चैतमा सकिँदै
१८ फाल्गुन २०८१, आईतवार ०७:१५

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको कुल २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन आगामी चैत २० गतेबाट सकिने भएको छ।
हाल यस कम्पनीको संस्थापकको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीहरूको ९३ हजार ७५० कित्ता शेयर लकइनमा रहेको छ।
लकइन अवधि सकिएपछि उक्त शेयरहरू कारोबार गर्न सकिनेछ। साथै कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीले भने शेयर कारोबार गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ।













