मर्जर प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो साधारणसभा

१८ फाल्गुन २०८१, आईतवार ०७:३४

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत १० गते आइतबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*