प्रतिकित्ता ४४५ रुपैयाँमा छिमेक लघुवित्तको ९० हजार कित्ता शेयर बिक्रीमा
१९ फाल्गुन २०८१, सोमबार ०७:०६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ।












