हिमालयन र नेपाल रि इन्स्योरेन्सको २ अर्बबढीको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१९ फाल्गुन २०८१, सोमबार १५:०६

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा करेक्सन आएको छ । यस दिन बजारमा कारोबार भएको हिमालयन रि इन्स्योरेन्सको एक अर्ब ३८ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, आज नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ३६ करोड ३७ लाख रुपैयाँ, सिन्धु विकास बैंकको २७ करोड ८२ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।













