ङादी ग्रुपको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

२० फाल्गुन २०८१, मंगलवार ०६:२८

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयरमा आज फागुन २० गतेदेखि खरिद आवेदन खुलेको छ।

यो शेयर खरिदका लागि सबैले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोएिको छ। आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइँनेछ।

यसमा आवेदन दिने अन्तिम मिति फागुन २८ गतेसम्म रहेको छ। कम्पनीको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*