लगातार १६औं दिन समेत गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट, कति पुग्यो मूल्य ?
२० फाल्गुन २०८१, मंगलवार ११:०५

काठमाडौँ । लगातार १६औं दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर माघ २७ गतेदेखि कारोबारका आएको थियो ।
मंगलबार बजार खुलेको एक मिनेटमै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर शेयर मूल्य प्रतिकित्ता एक हजार ३८२ रुपैयाँ पुगेको छ । आज मात्र कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२५.६० रुपैयाँले बढेको हो ।













