समयमै कर्जा तिरेपछि एनआईसी एशिया लघुवित्तद्वारा सदस्यलाई प्रोत्साहन

२० फाल्गुन २०८१, मंगलवार १८:०२

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्यलाई कर्जा समयमै तिरेर प्रोत्साहन रकम प्रदान गरेको छ। केन्द्र नं ११७ की सदस्य बसन्ति चौधरीले २०८१ भदौ २६ गते लिएको कर्जा नियमित किस्तामा तिरी २०८१ पुष ४ गते कर्जा रकम चुक्ता गरेपछि उनलाई प्रोत्साहन रकम प्रदान गरिएको हो।

बसन्ति चौधरीले २ लाख कर्जा रकम लिई प्रति हजार १५ का दरले ३ हजार प्रोत्साहन रकम प्राप्त गरिन्। यस अवसरमा केन्द्र प्रमुख पुष्पा कुमारी खुना चौधरीले सदस्यलाई टीका लगाई र शाखा प्रमुख बिपना जोशीको हातबाट उक्त रकम प्रदान गरिएको हो ।

सदस्य चौधरीलाई कर्जा चुक्ता गर्नका लागि बधाई दिँदै केन्द्र प्रमुख र शाखा प्रमुखले आगामी दिनमा यस केन्द्रका सबै सदस्यहरूले पनि यस्तै प्रोत्साहन रकम प्राप्त गर्नका लागि नियमित कर्जा किस्ता तिर्नुपर्ने महत्त्वपूर्ण सन्देश दिएका छन्।

यस कार्यले वित्तीय अनुशासन र कर्जा तिर्नको महत्त्वलाई थप प्रोत्साहन दिएको छ र आगामी दिनमा पनि यस किसिमको प्रोत्साहन प्रणाली जारी राख्ने योजना गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*