श्रृजनशील लघुवित्तमा कर्मचारी माग, प्लस टू गरेकाले आवेदन दिन पाउने

२१ फाल्गुन २०८१, बुधबार ०७:३४

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) पदको सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी केही संख्यामा कर्मचारी माग गरेको हो।

यसका लागि कुनै पनि विषयबाट प्लस टू पास गरेकाले यसमा आवेदन दिन पाउनेछन भने वाणिज्य, अर्थ र गणित विषयबाट प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

उमेरको हदमा १८ वर्ष पूरा भई ३५ (महिलाको हकमा ४०) वर्ष ननाघेको हुनु पर्नेछ। लिखित, फिल्ड अवधारणा र अन्तर्वार्ता पास गरेपछि ६ महीना तालिम र ६ महीना परीक्षणकालपछि स्थायी गरिने जनाएको छ। योग्य तथा इच्छुक व्यक्तिले चैत ७ गते भित्र आवेदन दिइसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*