प्रतिकित्ता १०० रुपैयाँमै कामना विकास बैंकको ९७ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
२१ फाल्गुन २०८१, बुधबार ०८:३३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
शेयर किन्न इच्छुकले आज फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।













