गार्डियन माइक्रोसहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीले बनाए लगानीकर्ता मालामाल
२१ फाल्गुन २०८१, बुधबार १५:१३

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन कारोबार भएका ६२ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ ।
गार्डियन माइक्रो लाइफ, समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, आज माउन्टेन हाइड्रो र गुराँस लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य सबैभन्दा बढी अंकले बृद्धि भएको छ ।













