बलेफी हाइड्रोको साढे १ करोड कित्ता शेयरको लकइन चैतमा सकिने
२२ फाल्गुन २०८१, बिहीबार ०७:३४

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ६५ लाख २४ हजार ८४९ कित्ता शेयरको लकइन अवधि आगामी चैत २९ गतेबाट सकिने भएको छ।
हाल यस हाइड्रोपावरको संस्थापकतर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, स्थानीय बासिन्दातर्फको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीतर्फको ७३ हजार ११९ कित्ता शेयर झण्डै तीन वर्षदेखि लकइनमा रहेको छ।
लकइन अवधि सकिएपछि उक्त शेयर किनबेच गर्न सकिनेछ भने कम्पनीको सञ्चालक सदस्य तथा उच्च तहमा रहेका कर्मचारीहरूले भने पदमा रहेसम्म र पदबाट हटेपछि पनि १ वर्षसम्म शेयर खरिद बिक्री गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ।












