कुमारी बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा
२२ फाल्गुन २०८१, बिहीबार ०७:४३

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो।
शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।
तोकिएको सयमसीमा भित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।












