लगातार १८औं दिनसम्म गार्डियन माइक्रोको शेयरमा सर्किट, कति पुग्यो मूल्य ?
२२ फाल्गुन २०८१, बिहीबार ११:०७

काठमाडौँ । लगातार १८औं दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ । कारोबारमा आएदेखि कम्पनीको शेयरमा सर्किट लागि रहेको हो ।
बिहिबार मात्रै कम्पनीको शेयर प्रतिकित्ता १५२ रुपैयाँले बढेर एक हजार ६७२ रुपैयाँ पुगेको छ । कम्पनीको शेयर बिक्री गर्ने भन्दा किन्नेहरु हाबि भइरहेको हुँदा अझै माथि जाने अपेक्षा आम लगानीकर्ताले गरेका छन् ।












