फेरी घट्यो बजारः कारोबार र परिसूचक खुम्चियो, किन बढ्न सकेन मार्केट ?

२२ फाल्गुन २०८१, बिहीबार १५:१०

काठमाडौँ । शेयर बजार चौथो दिन पनि ओरालो लागेको छ । बजार बढेको समयमा ट्रेडरहरूले नाफा बुक गरेपछि नेप्सेमा गिरावट आएको हो । केही समय पहिले छोटो अवधिमा बजारको वृद्धि देखिएको थियो, जसले व्यापारिक व्यक्तिहरूलाई मनग्ये नाफा दिलाएको थियो । त्यसपछि उनीहरूले आफ्नो नाफा बुक गर्दै बजारबाट बाहिरिएका छन् । अब, नाफा बुक गरेका लगानीकर्ता फेरि बजारमा प्रवेश गर्ने कुरामा थोरै मूल्य घट्ने समयको प्रतीक्षामा रहेका छन् ।

बजार घटेको अवस्थामा अधिकांश लगानीकर्ताहरू पर्ख र हेर रणनीतिमा छन्, जसले गर्दा कारोबार रकम प्रभावित भएको छ । घटेको मूल्यमा किन्ने तयारी गरेका लगानीकर्ताहरूले पनि बजार अझ घट्ने अपेक्षामा पर्खिरहेका छन्, जसका कारण बजारमा माग पक्ष कमजोर भएको छ। यसले शेयर बजारको गिरावटलाई निरन्तरता दिन सक्छ। यस अवधिमा आम लगानीकर्ताले ’सस्तोमा किन्ने’ र ’महंगोमा बेच्ने’ सामान्य नियमलाई पछ्याउने प्रयास गरे पनि, व्यवहारमा बढी जोखिम लिन नचाहने प्रवृत्ति देखिन्छ।

वर्तमान बजारको स्थितिलाई जानकारहरूले स्वाभाविक र नियमित प्रक्रिया अनुसार घट्न लागेको बताएका छन्। बजारको समग्र माहोल सकारात्मक रहेको र बुल रनको समय रहेको उनीहरूको भनाइ छ। यसपछि, छोटो समयमै बजारमा करेक्सन आउने अनुमान गरिएको छ। प्राविधिक विश्लेषकहरूले पनि सपोर्ट र रेजिस्टेन्सको आधारमा रणनीति बनाएका छन् र यस समयमा विशेष रुपमा खरिद नगर्न सुझाएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७० अकंले घटेर २८१८.४३ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोडको शेयर कारोबार भएकोछ ।

आज चार उपसूचक बाहेक अन्य सबै सूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समूहको १.८६ प्रतिशतसहित चार कम्पनीको शेयरमा बढेको हो ।

यसदिन ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*