चार कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२२ फाल्गुन २०८१, बिहीबार १५:१८

काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७० अकंले घटेर २८१८.४३ बिन्दुमा कायम भएको छ ।
बजार घटेसँगै कारोबार समेत घटेको छ । आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोडको शेयर कारोबार भएकोछ ।
बिहिबार चार कम्पनीको शेयरमा सर्किट लागेको छ । आज गार्डियन माइक्रो, भुगोल इनर्जी, उपकार लघुवित्त र राप्ती हाइड्रोको शेयरमा सर्किट लागेको हो ।













