नेष्डो समृद्ध लघुवित्तको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन आज सकिँदै

२३ फाल्गुन २०८१, शुक्रबार ०७:४२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन अवधि आजबाट सकिँदै छ।

हाल कम्पनीको संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० गरी जम्मा १७ लाख ३४ हजार कित्ता शेयर लकइनमा रहेको छ।

आज लकइन अवधि सकिने भएकाले यी शेयरहरू कारोबार गर्न सकिनेछ। यद्यपि कम्पनीको सञ्चालक सदस्यमा रहेका व्यक्ति र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नसक्ने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*