हकप्रद प्रस्तावसहित सिद्धार्थ केवलकारले बोलायो साधारणसभा

२३ फाल्गुन २०८१, शुक्रबार ०८:२७

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले आगामी चैत १९ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देही जिल्लाको जोगीकुटीस्थित द फ्लामिङ्गो होटलमा दिउँसो १ बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा चुक्ता पूँजीको १ः१.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ। त्यस्तै अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि सहित प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, ऋण लिने, सञ्चालक समितिले गरेको कार्य अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाका लागि तय गरिएका छन्।

साथै १५० करोड चुक्ता पूँजी रहने गरी लगानीमूलक कम्पनी स्थापना गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, शेयरधनी हातेमालो कायर्मक्रम सञ्चालन गर्ने र सुविधा प्रदान गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*