एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन

२३ फाल्गुन २०८१, शुक्रबार ११:०२

काठमाडौं । नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेश अन्तर्गत मसुरिया शाखाबाट कर्जा चुक्ता गर्ने एक सदस्यलाई प्रोत्साहन रकम प्रदान गरेको छ।

मसुरिया शाखाका केन्द्र नं. ३० की सदस्य संगीता कुमारी पौडेल बि.कले २०८१ भदौ ५ गते लिएको ३ लाख रुपैयाँ कर्जा नियमित किस्तामा तिर्दै २०८१ फागुन २२ गते पूर्ण रूपमा चुक्ता गरेपछि उनलाई ३,६०० रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको हो। कर्जा भुक्तानी प्रोत्साहन योजनाअन्तर्गत प्रति हजार १२ रुपैयाँको दरले गणना गरिएको उक्त रकम उनलाई केन्द्र उपप्रमुख मेघा सुनारले टीका लगाइ सम्मानपूर्वक हस्तान्तरण गरिन्, भने शाखा प्रमुख दिपेन्द्र देवलले रकम प्रदान गरे।

संस्थाले ‘लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरौं’ भन्ने अठोटसहित आफ्ना सदस्यहरूलाई वित्तीय अनुशासनमा उत्प्रेरित गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि नियमित कर्जा भुक्तानी गर्ने अन्य सदस्यहरूलाई प्रोत्साहन गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*