चैत १ गतेदेखि एनएमबी बैंकको सिईओ गोबिन्द घिमिरेले सम्हाल्ने

२४ फाल्गुन २०८१, शनिबार ११:३४

काठमाडौं । आगामी चैत्र १ गतेदेखि एनएमबी बैंकको सिईओ पद हालका डेपुटी सिईओ गोबिन्द घिमिरेले सम्हाल्ने भएका छन् । वर्तमान सिईओ सुनिल केसीको पदावधी यही फागुन मसान्तमा सकिदैछ ।

यही फागुन २३ गते बसेको एनएमबी बैंकको सञ्चालक समितिको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोविन्द घिमिरे नियुक्त गर्ने निर्णय गरेको सो बैंकले जनाएको छ ।

घिमिरेले आगामी ४ वर्षको बैंकको सीईओको रुपमा बैंकलाई अघि बढाउनेछन् । यसअघि घिमिरे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए ।

सन् २००९ देखि एनएमबी बैंकमा आवद्ध घिमिरेले सन् १९९५ बाट तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । पछिल्ले पटक २०७९ असोजमा डेपुटी सिईओ नियुक्त भएका थिए । घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक उत्तीर्ण गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*