१५ प्रतिशत बोनस दिने नेपाल इन्स्योरेन्सको निर्णय

२५ फाल्गुन २०८१, आईतवार १०:००

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साथै बैठकले निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ। प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

1741412237149

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*