हिमालयन रि इन्स्योरेन्सको १ अर्बबढीको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२५ फाल्गुन २०८१, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार घटेतापनि आज पनि दुई पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको एक अर्ब १२ करोड रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५९ करोड ९८ लाख रुपैयाँको सबैभन्दा बढी कारोबार भएको छ । साथै, आज एनआरएन इन्फ्रास्टक्चरको ५५ करोड नौ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफको ४५ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।













