प्रतिकित्ता ५ सयमा जीवन विकास लघुवित्तको १ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
२६ फाल्गुन २०८१, सोमबार ०६:२७

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत तोकेर ७ दिन भित्र निवेदन दिनु पर्नेछ।
निवेदन मोरङ्ग, कटहरी–२ स्थित कम्पनीको कार्यालय वा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा पेश गर्नु पर्नेछ। शेयर बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।













