महुली लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२६ फाल्गुन २०८१, सोमबार ०८:३०

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार १ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले ८ हजार कित्ता शेयर सर्वसाधारणले र २ हजार १०० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरिदका लागि सर्वसाधारणले आजदेखि ७ दिन भित्र र संस्थापक शेयरधनीहरूले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्नेछ।

उक्त शेयर खरिद गर्न इच्छुकले तोकिएको समयभित्र कृष्णासवरण–६ महुली, सप्तरीस्थित कम्पनीको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*