प्रतिकित्ता ११६ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा

२६ फाल्गुन २०८१, सोमबार ०९:११

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको अवधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*