ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ भोलिदेखि

२६ फाल्गुन २०८१, सोमबार ११:१७

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ भोलि (फागुन २७) देखि सर्वसाधारणमा निष्कासन गर्दैछ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

यसरी कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि भोलिदेखि निष्कासन गर्न लागेको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि दिन सकिनेछ।

निष्कासन बन्द छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते हुने भनिएको छ। यद्यपि अहिलेको अवस्थामा आम सर्वसाधारणहरूले आईपीओमा देखाएको चासो अनुसार चैत ३ गते भित्रै पर्याप्त आवेदन परिसक्ने निश्चित छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*