बेष्ट फाइनान्सको सीईओमा बीएन घर्ती

२६ फाल्गुन २०८१, सोमबार १४:११

काठमाडौं । एक दशकपछि बालनरसिंह (बीएन) घर्ती बैंकिङ क्षेत्रमा पुनः सक्रिय भएका छन्। अदालतले घर्तीमाथि लगाइएका सबै आरोप सफा गरेपछि उनी फेरि बैंकिङ क्षेत्रमा फर्किएका हुन्।

बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा नियुक्त गर्ने निर्णय गरेको छ। आगामी फागुन २६ गतेदेखि लागू हुने गरी उनी फाइनान्स कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्नेछन्। कम्पनी सचिव राजसुन्दर श्रेष्ठका अनुसार उनलाई चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो।

घर्ती, जो किष्ट बैंकका कामु सीईओका रूपमा काम गर्दै थिए, केही समयअघि कानुनी झन्झटमा परेका थिए। तर अदालतबाट क्लिनचिट प्राप्त गरेपछि उनी बैंकिङ क्षेत्रमा पुनः फर्किएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*