शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा
२६ फाल्गुन २०८१, सोमबार १७:१८

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षको सातौ महिनामा पनि शोधान्तर स्थिति र चालु खाता दुवै बचतमा देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति (बीओपी) दुई खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा देखिएको हो ।
यस्तै, समीक्षा अवधिमा मुलुकको चालु खाता समेत एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले घाटामा रहेको थियो भने चालु खातामा एक खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।












