विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब, १७.२ महिनाको आयात धान्ने

२६ फाल्गुन २०८१, सोमबार १७:२६

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को माघसम्ममा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा १६.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ गत असारसम्ममा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो ।

माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ । आर्थिक वर्ष २०८१।८२ को ७ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१।५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*