माघ महिनामा कुल आन्तरिक कर्जा सामान्य अंकले बढ्यो

२६ फाल्गुन २०८१, सोमबार १७:३०

काठमाडौं । सरकारको कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको सात महिनाको अवधिमा सरकारको आन्तरिक कर्जा बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २०.३ प्रतिशतले घटेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.२ प्रतिशतले घटेको थियो ।

वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*