साढे १० खर्बको अन्तर–बैंक करोबार

२६ फाल्गुन २०८१, सोमबार १७:४८

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनमा १० खर्ब ४० अर्ब ८१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको विवरण उक्त कारोबार देखाएको हो ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नौ खर्ब ३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब दुई अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोड अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरुको दुई ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड अन्तर बैंक कारोबार भएको केन्द्रिय बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*