कामना सेवा विकास बैंकको १ लाख ११ हजार कित्ता शेयर बिक्रीमा
२७ फाल्गुन २०८१, मंगलवार १०:२४

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।












