साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२८ फाल्गुन २०८१, बुधबार ०६:२६

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २८ गते अन्तिम दिन रहेको छ।

कम्पनीले ५८औं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि चैत १ गते बुक क्लोज गर्दैछ। भोलि नेप्से बन्द रहने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यस कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि आगामी चैत १५ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ सभा बस्दैछ।

साथै ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*