ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त
२८ फाल्गुन २०८१, बुधबार १०:२०

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन्।
कास्कीस्थित पोखरा स्थायी ठेगाना भएका बुढाथोकीको पदावधि यही फागुन मसान्तसम्म मात्रै रहेको थियो। फागुन २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।












