स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, कति हुन्छन् मालामाल?
२८ फाल्गुन २०८१, बुधबार १२:०६

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ देखि २१ गतेसम्म बिक्री गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) यही शुक्रबार बाँडफाँड हुने तयारी रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १८ लाख ८२ हजार ४२२ जनाले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ता माग गर्दै आवेदन दिएका थिए। आवेदनबाट २ अर्ब ३४ कराड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ।
कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। बाँडफाँडमा भाग्यशाली १९ हजार ५७७ जनाले १०/१० कित्ता शेयर हात पार्नेछन् भने बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात हुनेछन्।












