एभरेष्ट बैंकको ऋणपत्र ५ हजार ६९७ जनालाई बाँडफाँड
४ चैत्र २०८१, सोमबार ०८:४४

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत फागुन १८ देखि २३ गतेसम्म बिक्री खुला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ चैत १ गते बाँडफाँड गरेको छ। बाँडफाँडमा रीतपूर्वक आवेदन दिएका ५ हजार ६९७ जनाले ऋणपत्र पाएका छन्।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका ३० लाख ऋणपत्रमध्ये १८ लाख ऋणपत्र व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो। सर्वसाधारणलाई छ्ट्याइएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो।
७.५० प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको आवधि १० वर्ष रहेको छ। ब्याज भुक्तानी अर्धवार्षिक रूपले प्रत्येक ६ महीनाको अवधिमा हुने बैंकले जनाएको छ।













