हिमालयन र नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
४ चैत्र २०८१, सोमबार १५:०४

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबारभ भएको छ । आज कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
आज नेपाल रि इन्स्योरेन्सको ३० करोड ७४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २० करोड ५९ लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको १८ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













