सुस्त पुँजी बजारः लगानीकर्ताको मनोबल खस्किँदा कारोबारमा पहिरो, किन बढेन मार्केट ?

४ चैत्र २०८१, सोमबार १५:०५

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा स्थायित्व कायम हुन सकेको छैन । हिजो समेत राताम्य भएको बजार आज थप घट्दा फन्डामेन्टल रूपमा बलिया कम्पनीहरूको सेयर मूल्यसमेत प्रभावित बनेको छ ।

बजार निरन्तर घटे पनि अनुभवी लगानीकर्ताले यसलाई अवसरको रूपमा लिइरहेका छन्, जबकि अल्पकालीन सोच राख्ने लगानीकर्ताहरू हतारिएर सेयर बिक्री गर्न खोजिरहेका छन् । तर, बजार वृद्धिका लागि सकारात्मक संकेतहरू देखिएका छन् । बैंक ब्याजदर न्यून रहनु, प्रणालीमा तरलता प्रशस्त हुनु, साथै सरकार र नियामक निकायको सकारात्मक दृष्टिकोण बजारलाई दीर्घकालीन रूपमा बलियो बनाउन सक्छ ।

बैंकहरूले मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदर घटेसँगै म्युचुअल फन्ड, बिमा कम्पनीहरू जस्ता संस्थागत लगानीकर्ताहरूले शेयर बजारलाई प्राथमिकता दिन थालेका छन् । बजार लामो समयको बियरिस अवस्था पार गरिसकेको हुँदा आगामी दिनमा बुल रनको संकेत देखिएको छ । तर, आम लगानीकर्ताले बलियो वित्तीय अवस्था भएका, निरन्तर लाभांश दिने कम्पनीहरूमा लगानी केन्द्रित गर्दा जोखिम कम गर्न सक्ने विश्लेषकहरू बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनेबच हुँदा ५ अर्ब ४० करोडको शेयर कारोबार भएको छ ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*