स्वरोजगार लघुवित्तको एफपिओ रकम फुकुवा किन हुन सकेन?

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदकको रकम फुकुवा हुन सकेको छैन। एफपिओ बाँडफाँटको क्रममा सि–आस्बा प्रणालीमा प्रक्रिया पूरा गर्दा प्राविधिक त्रुटि हुँदा रकम फिर्ता हुन नसकेको जनाएको छ।
एनएमबि क्यापिटल लिमिटेडको निष्कासन र बिक्री प्रबन्धमा फागुन १८ देखि फागुन २१ गतेसम्म निष्कासन भएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओको बाँडफाँट चैत १ गते सम्पन्न गरिएको थियो। तर, लामो समयसम्म रकम फिर्ता आउन नसक्दा लगानीकर्ताले आक्रोश पोखेका छन्।
हाल, उक्त कम्पनीले समस्या समाधान गरिसकेको र अब आवश्यक कार्य अगाडि बढाइएको छ। कम्पनीले समस्या समाधान गरी अबको प्रक्रिया पूर्ण रूपमा अघि बढाउनका लागि सबै सि–आस्बा सदस्य बैंक र वित्तीय संस्थासँग मिलेर रकम फुकुवा गर्ने व्यवस्था मिलाएको छ।













